• /
    बिहिबार, कार्तिक ७, २०७६

समलिंगी विवाह सम्बन्धी चलचित्र ‘म होइन म’ले एक करोड भ्यूज पायो (भिडियो सहित)

काठमाडौं समलिंगी विवाह सम्वन्धी चलचित्र ‘म होइन म’ ले एक करोड भ्यूज पाएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक बर्ष अगाडि अपलोड भएको चलचित्र म होइन म ले एक करोड भ्युज पाएको हो ।

नील हिरा समाजले निर्माण गरेको चलचित्र हलमा भने प्रदर्शन भएको छैन । युट्युवमा झण्डै नौ सय प्रतिक्रिया पाएको म होइन म चलचित्रले समलिंगी व्यक्तिलाई घर, परिवार र समाजले गर्ने व्यवहार देखाएको छ ।

चलचित्रको सुरुवात एक भव्य महल, पार्किङमा गाडी, समाजमा उच्च इज्जत भएको परिवारमा कान्छो छोराको विवाहबाट हुन्छ । विवाहको रात दुलाहा (अभिषेक र दुलही सिर्जना) को सुहागरातलाई परिवार र उसका साथीहरूले चासोका साथ ढोकाबाट चिहाई चिहाई हेर्छन् । दुलाहा दुलहीको कोठामा राति के भयो अभिषेकको साथी राज, उसकी श्रीमती सीमा र उसकी अर्की साथी मात्रै होइन, उनका बाबुआमा र दाइले पनि जान्न खोज्छन् ।

आफैँले आफ्नो बारे परिवारलाई नबुझाए समाजले पनि नबुझ्ने निष्कर्षमा पुगेको अभिषेक भन्छ– तपाईंहरूलाई मलाई देखेर लाज लाज्छ, तर मलाई के लाग्छ तपाईंहरू सुन्न सक्नुहुन्छ ? मलाई मेरो पूरै परिवार देखेर लाज लाग्छ । आमाले मेरो समलिंगी व्यवहारलाई रोग सम्झनु भयो । मलाई बुझ्दै नबुझी यो विवाहको नौटंकी गर्नुभयो । बुबाले त आजसम्म मेरो अनुहार नै हेर्नु भएको छैन.।

जब अभिषेकले आफैं खुलेर परिवारलाई आफ्नो बारे कुरा राख्छ, तब उसको परिवारले स्वीकार गर्छ । परिवारले अभिषेकलाई गरेको व्यवहारप्रति पश्चाताप व्यक्त गर्छ । झुक्काएर गरिएको विवाहबाट सिर्जना मुक्त हुन्छे । अन्त्यमा सिर्जना र अभिषेक आ–आफ्नो नयाँ जीवन सुरु गर्न स्वतन्त्र हुन्छन् । अनि चलचित्र सकिन्छ ।

यो चलचित्र ‘मानव अधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१७’ मा समेत दखाइएको थियो । समलिंगी सम्बन्धलाई लिएर बनाइएको चलचित्र ‘म होइन म’ इलम दीक्षितले निर्देशन गरेका हुन् । ८० मिनेट लामो चलचित्रले आफ्नै परिवारले फरक यौनिकता स्वीकार नगरेसम्म समाज र राज्यले स्वीकार गर्दैन भन्ने सन्देश दिने यो चलचित्र नेपालकै पहिलो समलैंगिक सम्बन्धलाई लिएर बनाइएको चलचित्र हो ।

भिडियो

सम्बन्धित समाचार

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

अमेरिका । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस…

सुरुदेखि अन्तिमसम्म नाम जोडिएका सलमानका यी नायिकाहरु

बलिउड नायक सलमान खान उमेरले त ५० पार गरिसके। तर पनि उनी बलिउडका सबैभन्दा बढी चर्चित सेलिब्रेटी हुन्। सलामानसँग बिहे…

फिल्म ‘ए मेरो हजुर–३’ को अफिसियल टिजर सार्वजनिक

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर–३’ को अफिसियल टिजर सार्वजनिक भएको छ। अभिनेता अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य…

सलमान खानले कट्रिना कैफसँग ईदमा विहे गर्ने !

काठमाडौँ । बलिउडका चर्चित अभिनेता सलमान खानले विहे गर्ने भएका छन् । अभिनेता खानले अभिनेत्री कट्रिना कैफले विहे गर्ने भएका…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्

श्रीमतीले हनिमुनको तस्वीर फेसबुकमा राखेपछि…




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394